प्रचण्डलाई भेटे चिनियाँ राजदूत चुन्ताईले

काठमाडौं, १९ चैत । नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले प्रमुख सत्तासाझेदार दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमला दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।prachanda
हालै प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमण पूरा गरि स्वदेश फर्किएको केही दिनपछि नै उनीहरुबीच भेटवार्ता भएको हो । 
लाजिम्पाटस्थित प्रचण्ड निवासमा शुक्रबार भएको भेटवार्ता उनीहरु दुई देशको आपसी हित तथा चासोको विषयमा कुराकानी भएको बताइएको छ ।
नेपालको संविधान अपूर्ण भन्दै समय सीमा दिएर बाँकी विषय सुल्झाउन भारत र ईयुले सुझाव दिएको विषयमा नेपाल सरकारले आपत्ति दिएको भोलिपल्टै राजदूतले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुलाई महत्वका साथ हेरिएको छ ।
सो भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको दुई देशबीचको सम्झौताका विषयमा पनि छलफल भएको बताइएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment