आज किन मनाइन्छ अप्रिल फूल

एजेन्सी: १ अप्रिलमा हामी सबै विश्वभर मुर्ख दिवस मनाउने गर्छौं । हामी यो दिन एक दोस्रो साथी तथा नातागोताहरुसँग झुटो कथा बनाएर उनीहरुको मजाक उडाउँछौं । 
 
अप्रिल फुलको शुरुवात सन् १५८२ मा पोप चार्स नवौंले पुरानो क्यालेन्डरको स्थानमा नयाँ रोमन क्यालेन्डरको लागू गरेपछि भएको हो । 
 
शुरुमा नयाँ सालको रुपमा अप्रिल १ लाई लिने गरिन्थ्यो । अप्रिल १ मा नयाँ वर्षको शुरुवात हुन्थ्यो । तर सन् १५८२ मा यसलाई बदलेर नयाँ वर्षको पहिलो दिनका रुपमा १ जनवरीलाई कायम गरियो । 
 
क्यालेन्डर परिवर्तन भएर जनवरी १ लाई नयाँ सालको पहिलो दिन मानिसक्दा पनि केही मानिस भने अप्रिल १ लाई नै नयाँ वर्षको पहिलो दिन ठान्थे । अप्रिल १ लाई नयाँ वर्षकारुपमा मनाउनेहरुको मजाक उडाउनका लागि उनीहरुलाई 'अप्रिल फूल' को बिल्ला भिराइयो । 
 
डेनमार्कमा अप्रिल फूल १ मे मा मनाउने गरिन्छ । यसलाई त्यहाँ मज कट भन्ने गरिन्छ । 
 
फ्रान्स, इटाली र बेल्जियममा कागजको माछा बनाएर मानिसले एकअर्काको पछाडि टाँसिदिएर उनीहरुको मजाक उडाउने गर्छन् । 
 
स्पेनिश भाषाको प्रयोग हुने देशमा २८ डिसेम्बरमा अप्रिल फूल मनाइन्छ । यसलाई डे अफ होली इनोसेन्ट्स भनिन्छ । 
 
इरानी फारसी नववर्षको १३ औं दिनमा एक दोस्रोलाई मजाक बनाएर उडाउने गरिन्छ । यो १ या २ अप्रिलको दिन हुने गरेको छ। 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment