राजेन्द्र महतोले किन दिए सरकारलाई यस्तो चेतावनी ? ‘नेपालमाथि आर्थिक नाकाबन्दी लाग्न सक्छ’

विराटनगर, १९ चैत । भारतको सहयोगमा नेपालमा आन्दोलन गर्दै आएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारको रबैया कायमै रहे शक्तिशाली राष्ट्रहरूले नेपालमाथि आर्थिक नाकाबन्दी लगाउन सक्ने चेतावनी दिएका छन् ।
शुक्रबार विराटनगरमा संचारकर्मीहरूसँग कुरा गर्दै महतोले नयाँ सविधानमा मधेशी, आदिवासी जनजाती, दलित, मुस्लिमलगायतको असन्तुष्टी जनाइरहँदा विश्वका शक्तिशाली राष्ट्रहरूले समेत असन्तुष्टी जनाएको बताएका छन् ।
नेपालको संविधान अधुरो र विभेदकारी रहेको ठहर भारत, अमेरीका, बेलायत, संयुक्त राष्ट्र संघलगायतले पहिले नै गरिसकेको भन्दै महतोले २४ राष्ट्रको संगठन युरोपियन युनियनले समेत नेपालको संविधान अधुरो र विभेदकारी रहेको र छिट्टै आन्दोलनरत पक्षसँग वार्ता र संवादबाट समाधान गर्न अपिल गरिसकेको बताए ।
नेपाल सरकारको यस्तै रवैया रहे नेपाल विश्वमा एक्लिँदै जाने र विश्वका शक्तिशाली राष्ट्रहरूले नेपालमाथि आर्थिक नाकाबन्दी समेत लगाउन सक्ने खतरा समेत बढ्दै गइरहेको चेतावनि दिएका छन् ।mahato
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment