फेरि गर्यो उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण, दक्षिण कोरियामा उच्च सतर्कता

काठमाडौं, १९ चैत । उत्तर कोरियाले पुनः अर्काे आणविक क्षेप्यास्त्र परीक्षण गरेको दावी गरिएको छ । गएको केही समययता आणविक परीक्षणका कारण विवादमा पर्दै आएको उत्तर कोरियाले फेरिपनि अर्काे परीक्षण गरेको शुक्रबार जानकारी दिँदै दक्षिण कोरियाले आफ्नो मुलुकका उच्च सुरक्षा सतर्कता अपनाएको छ ।
उत्तर कोरियाको यो आणविक विवादको समाधान खोज्नका लागि भन्दै विश्वका नेताहरु संयुक्त राज्य अमेरिकामा उपस्थित भइरहेका बेला शुक्रबार फेरि उक्त देशले अर्काे ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हो । दक्षिण कोरियाली सरकारले दिएको जानकारीअनुसार उत्तर कोरियाले उसको पूर्वी क्षेत्रतर्फ सो क्षेप्यास्त्र हानेको हो । उक्त क्षेप्यास्त्र समुद्रमा खसेको जनाइएको छ ।
उत्तर कोरियाले गएको फेब्रअरी ६ मा लामो दुरीको रकेट प्रक्षेपणपछि निरन्तरता दिदै आएको भनिएको आणविक परीक्षणको यो अन्तिम शृंखला हो । शुक्रबारको यस परीक्षणका बारेमा भने उत्तर कोरियाले केही प्रतिक्रिया दिएको छैन । लगातार आणविक परीक्षण गर्न थालेपछि उत्तर कोरिया विरुद्ध अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले नाकाबन्दी लगाइसकेको छ । तर, उत्तर कोरियाले भने एक पछि अर्काे आणविक परीक्षण गर्दै आएको हो ।
उत्तर कोरियाले गएको फेब्रअरी ६ मा गरेको लामो दुरीको रकेट परीक्षणपछि पनि फेरि उसले अर्काे व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ । उत्तर कोरियाले शुक्रबार नै यस्तो क्षेप्यास्त्र परीक्षण गरेकोमा विश्वको चासो फेरि बढेको छ । पछिल्लो समयमा उत्तर कोरियाले एकपछि अर्काेगरी क्षेप्यास्त्र परीक्षण गर्दै गएपछि यसका कारण उत्तर र दक्षिण कोरियाकाबीचमा निकै ठूलो तिक्तता छाएको बताइन्छ ।
उत्तर कोरियाले अर्काे आणविक परीक्षण गर्ने सङ्केत प्राप्त भएको भन्दै आफ्ना सेनालाई दक्षिण कोरियाले उच्च सतर्कताका साथ प्रतिरक्षाका लागि तयार रहन निर्देशन दिएको बताइएको थियो । दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइले सेनालाई उच्च रुपमा सतर्क रहन गतहप्ता देखि नै निर्देशन दिएका हुन् ।
यसैबीच, उत्तर कोरियाको परमाणु कार्यक्रम रोक्न अमेरिका र चीनले संयुक्त प्रयास गर्ने भएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिका र चीनले उत्तर कोरिया र उसको मिसाइल परीक्षण कार्यक्रमलाई रोक्न एकसाथ प्रयास थाल्ने बताएका हुन् ।
अमेरिकाको वाशिङटनमा भएको परमाणु सुरक्षा सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङसँगको भेटवार्तापछि ओबामाले सो बताएका हुन् । अमेरिकाको वाशिङटनमा ६ वर्षपछि परमाणु सुरक्षा सम्मेलन भइरहेको छ । सम्मेलनमा ५० भन्दा धेरै देशका नेता सहभागी छन्।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment