प्रधानमन्त्री कार्यालयविरुद्ध किन यतिधेरै मुद्दा, कसरी गर्ने काम ?

काठमाडौं, २० चैत । सर्वोच्च अदालतमा २० हजारभन्दा बढी मुद्दा विचाराधीन छन् । तीमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयविरुद्धका मात्र २२८ मुद्दा छन् । ती मुद्दा १ साउन ०७२–७३ यताका मात्रै हुन् । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा मुद्दाको चाप घटेको कार्यालयका सहसचिव रमेश ढकालले जानकारी दिए ।pm kp sharm oli
आर्थिक वर्ष ०७१–७२ मा प्रधानमन्त्री कार्यालयविरुद्ध करिब तीन सय मुद्दा परेका थिए । अदालतमा नेपाल सरकार मन्त्रिपरिषद् कार्यालय, प्रधानमन्त्री कार्यालय र मुख्यसचिवका विरुद्धमा मुद्दा परेका छन् ।
‘प्रधानमन्त्रीलाई व्यक्तिगत रूपमा नै विपक्षी बनाइएका मुद्दा कम छन्’, प्रधानमन्त्री कार्यालयका कानुनी महाशाखा प्रमुख सहसचिव रमेश ढकालले भने, ‘सबैभन्दा बढी मन्त्रिपरिषद् र त्यसपछि प्रधानमन्त्री कार्यालयका नाममा मुद्दा पर्ने गरेका छन् ।’
मुख्यसचिवविरुद्ध पनि झन्डै आधा दर्जन मुद्दा परेका छन् । सर्वोच्च अदालतमा मात्रै होइन, पुनरावेदन अदालत र जिल्ला अदालतमा मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयविरुद्ध मुद्दा परेको ढकालले जानकारी दिए ।
उनका अनुसार दुई सय २८ मुद्दामध्ये ९० प्रतिशत मुद्दा सर्वोच्चमा छन् । ५ प्रतिशत पुनरावेदन र ५ प्रतिशत मुद्दा जिल्ला अदालतमा परेको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment