चीनले भारतविरुद्ध यसरी लगायो भिटो पावर, भारतमा रुवाबासी !

काठमाडौं, २० चैत । चीनले संयुक्त राष्ट्रसंघमा आतंकवाद मुद्दा लैजाने भारतीय चाहनाको विपक्षमा आफूलाई उभ्याएको छ ।
पञ्जावको पठानकोट एयरबेसमा भएको आतंकवादी आक्रमणको मुद्दालाई भारतले संयुक्त राष्ट्रसंघमा उठाउँदै जैस ए मोहम्मद प्रमुख मौलान मसुद अजहरमाथि प्रतिवन्ध लगाउनुपर्ने माग गरेको थियो ।
भारतले अल कायदा सेक्सन कमिटीमा रहेका मौलाना मसुद अजहरमाथि राष्ट्रसंघमार्फत कारबाही चलाउन खोजेको समाचार उल्लेख छ । समाचारअनुसार संयुक्त राष्ट्रसंघमा १५ देशमध्ये १४ देश मोलानामाथि प्रतिवन्ध लगाउने पक्षमा थिए ।
चीन एक्लै अर्कातर्फ उभिएपछि आतंकवादी संगठनका पक्षमा निर्णय गएको आरोप भारतीय सञ्चारमाध्यमहरुको छ । चीनले भारतीय मागका पक्षमा जान नसक्ने बताएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता होङलीले कुटनीतिक जवाफ दिँदै आफ्नो मुलुक सवैखालको आतंकबादको विपक्षमा रहेको बताएका छन् । आतंकवादका विरुद्धमा राष्ट्रसंघले निर्वाह गर्ने केन्द्रीय तथा समन्वयकारी भूमिकामा चीनको सधै साथ रहने उनले स्पष्ट पारे ।
मौलानामाथि प्रतिबन्ध लगाउने भारतको प्रस्तावमाथि अमेरिका, बेलायत र फ्रान्सले पनि समर्थन गरेका थिए । संयुक्त राष्ट्रसंघका पाँच स्थायी सदस्य राष्ट्रमध्ये चीन पनि एक हो । चीनले आफ्नो भिटो शक्तिको प्रयोग गर्दै भारतको यस प्रस्तावलाई रोकिदिएको हो । पाकिस्तानसहित चीन पनि अब मौलानासँगै उभिएकोमा भारतीय पक्ष भने रुष्ट रहेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।China-India-America
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment