|
काठमाडौँ २३ मंसिर । दक्षिणी टर्कीको मर्सिन शहरका एचबीनाम गरेका २१ वर्षे एक युवकले आफ्नो प्रेमिकासंग झगडा परेपछि आफ्नै यौनांग धारिलो हतियारले काटेका छन् । मर्सिन शहरको सडकमा खानेकुरा बेच्ने काम गर्दै गर्दा आफ्नी प्रेमिकासंग मोबाइलफोनमा विवाद परेलगतै ति युवकले आफुले लगाएको पेन्ट खोलेर अचानक धारिलो चक्कुले लिंग काटेका थिए ।
सडकमा हिडिरहेका प्रत्यक्षदर्शीहरु त्यस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगतै आएका सदापोशाकका प्रहरीले उनी र उनको काटिएको लिंगलाई अस्पताल लगेका थिए । हाल उनलाई मेरिन युनिभर्सिटी मेडिकल हस्पिटलमा राखिएको र डाक्टरहरुले काटिएको लिंगलाई जोड्न सफल भएपनि त्यसले काम गर्नेमा डाक्टरहरु ढुक्क नरहेको मिररले जनाएको छ
|
0 comments:
Post a Comment