फर्कियो इबोला, इबोला मुक्त घोषणा गरेको केहि घण्टा गएको १ को ज्यान

१ माघ । इबोलाबाट ग्रसित पश्चिम अफ्रिकालाई इबोलामुक्त घोषणा गरेको केहि घण्टा पनि बित्न नपाउँदै इबोलाका कारणएक सियरालियोनको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले पश्चिमी अफ्रिकी मुलुकलाई इबोलामुक्त घोषणा गरेको केहि घण्टापछि सियरा लियोनमा इबोलाको संक्रमणका कारण एक जनाको ज्यान गएको पुष्टि भएको हो । ४२ दिनसम्म इबोलाको नयाँ विरामी नभेटिएपछि डब्लूएचओले बिहीबार लाईबेरियालाई इबोला मुक्त घोषणा गर्दै पश्चिम अफ्रिकी मुलुक इबोला मुक्त भएको जनाएको थियो ।
अफ्रिकी मुलुकमा सन् २०१३ को डिसेम्बरमा इबोलाको संक्रमण देखिएको थियो । इबोलाका कारण ११ हजार भन्दा बढीको ज्यान गइसकेको छ । ज्यान गुमाउनेमा धेरैजसो लाइबेरियाका नागरिक छन् । लाइबेरियाका ४ हजार ८ सय ९, सिएरा लियोनका ३ हजार ९ सय ५५, गिनीका २ हजार ५ सय ३६ र नाइजेरियाका ८ जनाको इबोलाका कारण ज्यान गएको विविसीले जनाएको छ । इबोलाको भाइरसले आफ्नो रुप बदलिरहेको भन्दै त्यसको अनुसन्धानमा जुटेको वैज्ञानिकहरुले बताएका छन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment