एक वषभित्रमै लोडसेडिङ अन्त्य हुने ऊर्जामन्त्रीको ठोकुवा

पर्वत, १ माघ । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षभित्रमै लोडसेडिङ अन्त्य हुने ठोकुवा गरेका छन् । शुक्रबार बिहान पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले निर्माणाधीन आयोजनालाई द्रूतमार्गबाट सम्पन्न गरेर एक वर्ष्भित्र लोडसेडिङ कम गर्ने बताए ।
उनले एक वर्ष्भित्रमा झण्डै २५० मेगावाटका जलविद्युत् आयोजना सम्पन्न भई विद्युत् उत्पादन थाल्ने भएकाले त्यसपछि लोडसेडिङ अन्त्य हुने दाबी गरेका हुन । उनले नाकाबन्दीको प्रभावकाबीचमा पनि सबै आयोजनालाई आवश्यक इन्धन तथा कच्चा पदार्थ राज्यले उपलव्ध गराएको बताउँदै अन्तिमचरणमा पुगेका योजनाले विद्युत् उत्पादनका लागि तीव्ररुपमा काम अघि बढाएको जानकारी गराएका छन् ।
मन्त्री रायमाझीले ऊर्जा सङ्कटकाल घोषणा गरेर मुलुकलाई तीव्रगतिमा विद्युत्मा आत्मनिर्भर बनाउने पहल भइरहेको बताउँदै यसका लागि सरकारले दीर्घकालीन योजना निर्माण गरेर लागू गर्ने चरणमा रहेको बताएका छन् ।  नेपालमा तेल र ग्यासको अभावका कारण विद्युत्को माग बढी भएको बताउँदै विद्युत्को माग बढी भएकै कारण लोडसेडिङ पनि बढाउनुपर्ने बाध्यता रहेको रायमाझीको भनाई छ । रायमाझीले १० वर्ष भित्रमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्नेगरी सरकारले कार्ययोजना अघि बढाइसकेको पनि जानकारी दिए ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment