चौधरी गुप्रको बिस्कुट नकिन्न अदालतको आदेश

काठमाडौं, १ माघ । चौधरी गुप्रले उत्पादन गरेको पशुपति बिस्कुट नकिन्न पुनरावेदन अदालत पाटनले आदेश दिएको छ । अपारदर्शी रुपमा एकलौटी ठेक्का हात पार्दै चौधरी गुप्रले सेनालाई बिस्कुट दिन लागेको भन्दै पुनरावेदन नेपाली सेना र सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो । चौधरी गुरुपको पशुपति विस्कुट उद्योगसँग ‘हाई इनर्जी’ बिस्कुट किन्ने सम्झौता गरेसँगै अदालतले रोक लगाएको छ ।
मार्क सप्लायर्स बिस्कुट कम्पनीका सञ्चालक पेम्बा शेर्पाले सेना र चौधरी गुप्रको पशुपति बिस्कुट इण्डस्ट्रिज प्रालिको सम्झौता विरुद्ध पुनरावेदन अदालत पाटनमा रिट दर्ता गराएका थिए । सोहि रिट उपर सुनुवाई गर्दै बिहीबार पूनरावेदनले चौधरीको बिस्कुट नकिन्न आदेश जारी गरेको हो ।
न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र शारंगा सुवेदीको इजलासले चौधरी गुप्रसँग सेनाको बिस्कुट किन्ने सम्झौता रिटको अन्तिम टुङगो नलागेसम्म कार्यान्वयन नगर्न आदेश दिएको छ । सार्वजनिक खरिद ऐन अनुसार अन्य कम्पनीसँग बोलकबोल गरी प्रतिस्पर्धाको आधारमा विस्कुट खरिद गर्ने कार्य भएको नदेखिएको भन्दै पुनरावेदनले रोक लगाउने आदेश दिएको हो । विना टेण्डर ३ वर्षका लागि चौधरीको पशुपति बिस्कुट कम्पनीले सेनासँग सम्झौताको सूचना निकालेको थियो ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment