यसरी पाक्दैछ नाकाबन्दी खुलाउने राजनीतिक खिचडी



६ माघ, काठमाडौं । सोमबारको वार्तापछि बिच्किएको मधेसी मोर्चालाई सहमतिमा ल्याउने अन्तिम प्रयास सुरु भएको छ । केही दिनका लागि संविधान संशोधन प्रक्रिया रोकिएपछि तीन दल आन्तरिक छलफलमा जुटेका छन् भने मधेसी मोर्चाका नेताहरुसँग अनौपचारिक सम्वाद भइरहेको छ ।सहमतिको प्रयासमा आज ३ बजे प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाइएको छ । त्यसअघि दलहरुको दुई पक्षीय छलफल हुनेछ ।एक नेताका अनुसार आज र भोलि सहमतिका लागि अन्तिम प्रयास हुनेछ । उनले भने, निकै जोडबलका साथ संविधान संशोधन प्रक्रिया केही दिनका लागि रोकिएको छ र, सहमतिका लागि हामी प्रयास गरिरहेका छौं ।’स्रोतका अनुसार मधेसी मोर्चाले अघि सारेको छबुँदे प्रस्तावलाई आधार बनाएर सहमति खोज्न एमाओवादीले पहल गरिरहेको छ । प्रमुख विपक्षी नेपाली कांग्रेस पनि यसमा सकारात्मक छ । तर, वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका कारण कांग्रेसभित्र एकमत देखिएको छैन् ।सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले भने सकारात्मक देखिएको छैन् । मधेसी मोर्चाले एकपछि अर्को नयाँ माग ल्याएको र सहमति नै गर्न नचाहेको प्रधानमन्त्री केपी शर्मा ओली र एमाले नेतृत्वको निष्कर्ष देखिन्छ । वार्ता प्रक्रियामा संलग्न नेताहरुका अनुसार धेरै कुरा मिले पनि सहमति त्यति सजिलो छैन् ।नभए संविधान संशोधनबाट सम्बोधन
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment