पञ्चेवाजामा गीत सुनेर मनोरञ्जन लिनेहरुका लागि पशुपति शर्माले एउटा कोशेली थपेका छन् । सम्झना लामिछाने मगरसँग मिलेर नयाँ गीत गाएका छन् पञ्चे बाजाको गीत ‘डल्ली’ ।

यस्तै यस्तै ठट्यौली शब्द छ यसमा । यहि भाकामा गाउँघरमा हुने बिहेमा केटाकेटीलाई नाँच्न सजिलो हुने भएको छ । निकै छोटो समयमा गीत बनाएका थिए पशुपतिले । गाउँमा चलनचल्तीमा रहेको शब्द र भाका राखिएकाले थोरै समयमै गीत तयार भएको उनको भनाई छ ।सारंगी, मादल र पञ्चेबाजामा गाइने गीतको छुट्टै महत्व भएझैं लाग्छ उनलाई । उनी भन्छन् ‘पञ्चेबाजा हाम्रो आफ्नै मौलिक बाजा हो । बाजाको मौलिकता जोगाउनका लागि पनि यस्ता गीत गाउनुपर्छ ।’भिडियोमा मोडलिङ पनि पशुपति र सम्झनाले नै गरेका छन् । पोखरा महोत्सबमा सहभागी हुन पोखरा पुगेका शर्माले केही दिनपछि ०७२ साललाई आलोचना गरेर अर्को गीत लिएर आउँदैछन् । ‘बैशाखमा भूकम्प गयो, दसैंमा नाकाबन्दी । यो वर्ष हाम्रो लागि गतिलो भएन त्यसकारण ०७२ साललाई गाली गर्न मन लाग्यो ।’ उनले भने ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment