अमेरिकामा भीषण हिमआँधी, ११ राज्य प्रभावित (फोटो फिचर)

काठमाडौं, १० माघ । अमेरिकामा भीषण हिमआँधी आउँदा ११ राज्यका करिब साढें आठ करोड भन्दा बढी व्यक्तिहरु प्रभावित भएका छन् ।
अमेरिकाको पूर्वीतटमा आएको उक्त आँधी पश्चात स्थानीय गभर्नरहरु सो क्षेत्रमा आपत्तकालीन घोषणा गरेका छन् भने उक्त आँधी अहिले सम्मकै ठूलो भएको अनुमान गरिएको छ ।
हिमआँधीका कारण मर्नेहरुको संख्या हाल सम्म १७ जना रहेका र उनीहरु मध्ये धेरैको आँधी पश्चात भएको सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । उक्त आँधीलाई ‘स्नोजिला’ नाम दिइएको छ ।
न्यूयोर्कमा अत्यावश्यकीय बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको छ भने केही हजार उडान सेवा रद्द गरिएको छ । एक मिटर भन्दा बाक्लो हिउँ जम्ने गरी भएको हिम आँधीका कारण लाखौं घरहरुमा विद्युत लाइन काटिएको छ । हिउँ जमेपछि १२ घण्टा भन्दा बढी समय देखि सवारी साधनहरु सडकमै फसेका छन् ।
न्यूयोर्कका गभर्नर एन्ड्रयू कोएमोले व्यक्तिहरुलाई पुल, भूमिगत मार्ग, सुरुङ मार्ग तथा अन्य सडक प्रयोगमा रोक लगाएका छन् । शुक्रबारदेखि लगातार परेको ती राज्य मध्ये बढी प्रभावित भएको पेन्सिलभेनिया रहेको बिबिसिले जनाएको छ ।
न्युयोर्क, टेनिसी, जर्जिया, केन्टुकी, नर्थ क्यारोलिना, न्यु जर्सी, भर्जि्निया, वेष्ट भर्जि्निया, मेरिल्याण्ड, पेन्सिलभेनिया र दि डिस्ट्रिक्ट अफ कोलम्बियामा आपत्तकालीन अवस्था घोषणा गरिएको हो ।
यसअघि सन् १९२२ मा आएको दुई दिने हिम आँधीका कारण अमेरिकमा २८ इन्चसम्म हिउँ जमेको थियो । यसपालि यो रेकर्ड तोडिने अनुमान गरिएको अमेरिकाको मौसम विज्ञान विभागले जनाएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment