|
काठमाडौं, ७ मंसिर । भारतीय नाकाबन्दीका कारण मुलुकभर इन्धनको अभाव छ । धेरैलाई लाग्दो हो सिंहदरवारमा भने ग्याँसको अभाव छैन होला । तर, प्रधानमन्त्री, सभामुख देखि सांसदहरुले खाजा खाने व्यवस्थापिका संसद सचिवालयको क्यान्टिनमा भने ग्याँसको अभावले दाउरामा खाजा बनाउने गरिएको छ ।
मुलुकको उच्च व्यक्तिहरुले खाजा खाने उक्त क्यान्टिनका कामदारहरुले निकै दुःख गरेर आफ्नो कामलाई फत्य गरिरहेका छन् । क्यान्टिन परिसरमै दाउरा बालेर उनीहरुले आफ्ना ग्राहकको सकेसम्म इच्छा अनुसारको खाजा खुवाइरहेका छन् ।
मुलुकका उच्च व्यक्ति देखि सबैलाई समयमै र इच्छा अनुसारको खाजा खुवाएका कामदारको पीडा भने अर्कै छ । उनीहरु भन्छन्, ‘यहाँ त दाउरा बालेर खाना, खाजा खुवाउन सक्यौं तर के गर्नु घरको हालत भने खराब छ ।’ ‘ग्याँस पाइँदैन, घरबेटीले दाउरा बाल्न दिँदैनन् कसरी बालबच्चाको पेट भर्नु हो ?,’ उनीहरुले थप भने, ‘यहाँ आउने प्रायः सबैलाई भन्यौँ कतैबाट ग्यास पाइएको छैन ।’
मिठामिठा परिकार पकाएर कानुन बनाउने देखि कार्यान्वयन गर्ने सम्मलाई धुँवामा रुमल्लिएर खाजा खुवाएका उनीहरुको आफ्नो बालबच्चा भोकै रहनु पर्ने स्थितिले झरेका आँशुहरु बलिरहेको दाउराले सुकाइरहेको छ ।
|
0 comments:
Post a Comment