![]() |
बनेपा, मंसिर ११ । वाणिज्य विभागको टोलीले दुई दिनसम्म गरेको अनुगमनका क्रममा काभ्रेपलाञ्चोकका चार पेट्रोल पम्पले अनियमितता गरेको भेटिएको छ ।
उनीहरुले उपकरण जडान गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गरेकाले बिहीबार सिलबन्दी गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी
दिए ।
प्रहरीका अनुसार उनीहरुले प्रयोग गरेको उपकरणबारे अनुसन्धान जारी छ । प्रहरी नायब उपरीक्षक केसीले भने, ‘सो उपकरण जडान गरेर पेट्रोल पम्पबाट कम परिणाममा इन्धनको बिक्री विरतण गरी पम्पहरुले ठगी गर्दै आएका थिए ।’
बनेपास्थित उग्रचण्डी आयल स्टोर र मापा उग्रचन्डी आयल स्टोल, पनौतीको जयअम्बे पेट्रोल पम्प र जनागालको नारायणी पेट्रोल पम्पलाई सो टोलीले सिलबन्दी गरेको छ । टोलीले अनुगमन आज पनि जारी राख्ने प्रहरीले जनाएको छ । (रासस)
- See more at:
![]() |
0 comments:
Post a Comment