|
काठमाडौं, ७ मंसिर । पछिल्लो समय पर्दामा देखिने कलाकारहरु पनि गायक गायिका बन्ने क्रम बढ्दो छ । यहि क्रममा विष्णु सापकोटा पनि गायकको सूचीमा थपिएका छन् । केहि चलचित्रमा देखिएका तथा कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘हर्के हल्दार’मा हर्केको भुमीकामा देखिने सापकोटाले मिना सिंहको साथमा ‘सधैंभरी ससुराली नजानु’ शिर्षकमा गीत गाएका छन् । उनको शो गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ ।
सापकोटा आफैले लेखेको गीतमा प्रकाश ओझाले संगीत भरेको छन् । सापकोटाले उनका साथीले लेखेको एउटा निबन्धलाई गीतका रुपमा तयार पारेको बताएका छन् । उक्त गीतको म्यूजिक भिडियोमा विष्णु आफैंले अभिनय गरेका छन् भने उनका अलावा सुशिल पोखरेल, आशा खड्का, रोशनी सापकोटा लगायतले अभिनय गरेका छन् । भिडियोको निर्देशन पनि उनी आफैंले गरेका हुन् ।
|
0 comments:
Post a Comment