![]() |
तीन महिना लामो बन्दका कारण उद्योग कलकारखाना पूर्णरुपमा सन्चालनमा आउन नसक्दा पूर्वका उद्योगहरुमा व्ययभार बढेको उद्योग संगठन मोरङले जनाएको छ ।
३ खर्ब ५२ अर्बको लगानी रहेको यस क्षेत्रले
बन्दका कारण यस अवधिमा उद्योगहरु पूर्णरुपमा सन्चालनमा आउन नसकेपनि उद्योगहरुले विद्युत् अडिट शुल्कबापत ३ करोड ४५ लाख तिर्नुपरेको जनाइएको छ ।
यस्तै, उद्योग बन्द भएपनि करिब ५० हजार श्रमिकलाई दैनिक ५ सय रुपैयाँका दरले २ अर्ब ६२ करोड बढी रुपैयाँ थप व्ययभार परेको उद्योग संगठन मोरङले जनाएको छ ।
यस्तै, भारतका विभिन्न स्थानमा औद्योगिक कच्चापदार्थ रोकिँदा ६० दिनको मात्रै २३ करोड ४६ लाख रुपैयाँ ‘ड्युमरेज’ तिरेको संगठनले जनाएको छ ।
पूर्वी नेपालमा हाल चालु अवस्थामा १० हजारको संख्यामा साना–ठूला तथा मझौता उद्योग रहेको अनुमान छ । -
![]() |
0 comments:
Post a Comment