मधेसमा मानवता हराउँदै गएको हो ? एम्बुलेन्स भित्रै उड्यो नावालक शिशुको प्राण !

विराटनगर, ७ मंसिर । सयुक्त मधेसी मोर्चाले गर्दै आएको मधेस आन्दोलन दिनप्रतिदिन उग्र बन्दै गएको छ । विरामी बोकेका एम्बुलेन्सदेखि सर्वसाधारण यात्रु बोकेर हिड्का गाडी मार्चाको निशानामा पर्न थालेपछि मधेस आन्दोलन नियन्त्रण बाहिर गएको अनुमान गर्न केहि गाह्रो पर्दैन । सोमबार विराटनगरमा मार्चाका कारण एक नवजात शिशुको ज्यान गएको छ । उदयपुरबाट विराटनगरतिर उपचारका लागि ल्याउँदै गरेको शिशुको मोर्चाको अवरोधका कारण एम्बुलेन्समै शिशुको मृत्यु भएको हो ।
त्रियुगा नगरपालिका–१५ का शिशु पदमबहादुर बुढाथोकीको मोर्चाको अवरोधका कारण सुनसरी जिल्लाको हरिपुरमा मृत्यु भएको हो । शिशुको मृत्युपछि आफन्तले सोही एम्बुलेन्स शब घर फर्काएका छन् । गाईघाट अस्पतालमा उनलाई बिहान भर्ना गरिएको थियो । निमोनियाले ग्रस्त शिशुलाई अस्पतालले तत्कार्ल विराटनगर लैजान रिफर गरेपछि विराटनगर नोबेल अस्पतालमा लैजाने क्रममा मोर्चा कार्यकर्ताबाट विभिन्न ठाउँमा झन्डै एक घन्टा अवरोध भएको थियो ।
आफ्ना माग सम्बोधनका लागि हर कसैले आन्दोलन गर्न पाउँछन् । तर, आफ्ना माग अरु समक्ष पेस गरिरहदा अरुको बाँच्न पाउँने अधिकार खोसिरहेको मधेसी मार्चाका कार्यकर्ताले बुझ्नु जरुरी छ की छैन ? मानविय हिसावले मधेसी मोर्चाका कार्यकर्ता किन सम्बेदनशिल बनिरहेका छैनन् । उता मधेसमा मोर्चाको निसानामा दिनहुँ मान्छे मरिरहेछन्, यता मोर्चाकै आन्दोलनका कारण भोक भोकै मर्नु पर्ने अवस्था टट्कारो रुपमा देखिन थालिसकेको छ । बेलैमा सम्बन्धित पक्षले सम्बोधन गर्नु आवश्यक छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment