लिभरपुल र टोटनह्याम विजयी

काठमाडौं, मंसिर ११ । इंग्लिस क्लबहरु लिभरपुल र टोटनह्याम हट्सपर युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगको अर्को चरणमा प्रवेश गरेका छन् ।
समुह ‘बी’ अन्तर्गतको खेलमा फ्रान्सको बोर्डोलाई २–१ ले हराउँदै लिभरपुल शीर्ष ३२ टोलीमा परेको हो ।
उता समुह‘जी’ को खेलमा अजरबैजानको कराबागलाई १–० ले हराउँदै टोटनह्याम हट्सपर पनि अर्को चरणमा प्रवेश गरेको छ ।
यसैगरी युक्रेनको डिनिप्रोलाई ३–० ले हराउँदै ईटालीको लाजियो र जर्मनीको अग्सबर्गलाई ३–२ ले हराउँदै स्पेनको एथ्लेटिक क्लब पनि प्रतियोगिताको अर्को चरणमा उक्लिए ।
युरोपा लिग फुटबलअन्तर्गत गएराति समुहका पाँचौ चरणका खेल सम्पन्न भएका हुन् । पाँचौं चरणका खेलहरु सकिँदा कुल १५ टोली अर्को चरणमा पुगिसकेका छन् ।
अब अन्तिम चरणका खेलपछि थप ९ टोली अघिल्लो चरणमा पुग्नेछन् । शीर्ष ३२ का लागि बाँकी ८ टोली भने च्याम्पियन्स लिगको समुह चरणबाट आउनेछन् ।
च्याम्पियन्स लिगको समुह चरणमा तेस्रो हुने टोलीले युरोपा लिग खेल्ने अवसर पाउँछन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment