नाकाबन्दी लाग्नुको कारणबारे परराष्ट्रमन्त्री थापाको खुलासा

काठमाडौं, ११ मंसिर । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतले नेपालमा नाकाबन्दी लगाउनुको कारण खुलासा गरेका छन् । सिंहदरवारस्थित आफ्नै मन्त्रालयमा शुक्रबार परराष्ट्रविद्हरुसँगको छलफलका क्रममा मन्त्री थापाले भारतसँग गरेको बाचा पूरा नगरेकाले नेपालमा नाकाबन्दी लगाएको खुलासा गरेका हुन् । यद्यपी कसले र के विषयमा बाचा पूरा गरेको हो भन्नेबारेमा भने केही खुलाएनन् ।
भारतसँग भएको बाचा पूरा नगरेकाले अहिलेको अवस्था आएको परराष्ट्रविद्हरुलाई जानकारी गराउँदै मन्त्री थापाले भने, ‘नेपालले भारतसँग गरेको केही बाचा पूरा गरेन, हामीलाई संविधान बनाउँदा पनि इग्नोर गरियो भन्ने भारतको बुझाइ छ त्यसैले यो अवस्था आयो ।’
भारतले मुलुकमा नाकाबन्दी लगाउनुको कारण बारे उपप्रधान तथा परराष्ट्रमन्त्री थापाबाट सुनेपछि सहभागी परराष्ट्रविद्हरुले भारतसँग कसले के बाचा गरेको थियो त्यसको खोजी गर्न सुझाव दिएका छन् ।
सार्वभौम सत्ता सम्पन्न संविधनसभाबाट लोकतान्त्रिक विधि र प्रक्रियामा रहेर अत्याधिक बहुमतबाट संविधान जारी भएपछि नेपालमा लगाएको नाकाबन्दी जारी राखेको भारतले मधेशी मोर्चाको माग सम्बोधन गर्नुपर्ने बताउँदै आएको छ । यद्यपी उसको भित्रि आसय अर्कै रहेको भन्दै भारतको चर्काे आलोचना भइरहेका मात्रै छैन सदियौं देखि रहेको दुई देशबीचको सम्बन्धमा चिसोपना बढ्दै गएको धेरैले विश्लेषण गर्न थालेका छन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment