प्रचण्ड र वैद्य पार्टी एकता गर्न सहमत

काठमाडौँ ८ मंसिर । एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य दुवै पार्टीलाई विघटन गरी माओवादी पुनर्गठन गर्न सहमत भएका छन् । प्रचण्ड र वैद्यबीच पटकपटक भएका छलफल मंसिरभित्रै पार्टी एकता गर्ने गरी सैद्धान्तिक सहमतिमा पुगेको हो । माओवादी आन्दोलन इायीकरण हुन नदिन माओवादी आन्दोलनका घटक दलहरु एक ठाउँमा उभिनुपर्ने दबाब कार्यकर्ताहरुबाट आएपछि नेताहरु पार्टी एकता गर्न सहमत भएका हुन् ।
‘दुवै पार्टीभित्रत्र एकता गरेर अगाडि बढ्नुपर्ने जनमत जबरजस्त उठिरहेको छ । त्यसको प्रतिबिम्बन नेताहरुमा पर्नु स्वभाविक हो,’, वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय नेता रामदीप आचार्यले भने । एमाओवादी अध्यक्ष प्रचण्डा र महासचिव कृष्णबहादुर महरा, माओवादी अध्यक्ष वैद्य र महासचिव रामबहादुर थापाबीच पार्टी एकताका लागि पटकपटक छलफल भएका छन् ।
आगामी केन्द्रीय समिति पेस गर्न प्रचण्डले तयार गरिरहेको दस्ताबेजमा पनि पार्टी एकतासम्बन्धी छुट्टै प्रस्ताव रहेको स्रोतले जनाएको छ । एमाओवादीले केन्द्रीय समितिको बैठक
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment