![]() |
मंसिर ७, २०७२- अफ्रिकी जहाज कम्पनी इथियोपियन एयरलायन्सले शुक्रबारदेखि दैनिक ३ लाख लिटर हवाई इन्धन (एटीएफ) भारतबाट ल्याउने पक्कापक्की भएको छ । इथियोपियाको सरकारी ध्वजावाहक विमानले नेपाल आयल निगमको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको डिपोलाई ईमेल पठाउँदै शुक्रबार बिहान पहिलो उडान गर्ने जानकारी दिएको हो । उक्त विमानलाई ग्लोबल टेन्डरबाट छानिएको पेट्रोलिम्याक्स नेपालले भाडामा लिई हवाई इन्धन ल्याउन लागेको हो । 'सबै प्रक्रिया करिब करिब सकियो, शुक्रबार बिहान पहिलो एटीएफ डेलिभरी दिँदै छौं,' पेट्रोलिम्याक्सका एक जना लगानीकर्ताले कान्तिपुरलाई भने ।
उनले इथियोपियन एयरलायन्ससँग भएको कार्गो ढुवानी सम्झौताअनुसार नयाँ विमान बोइङ ७७७ लाई इथियोपियाबाट भारतमा ल्याइने बताउँदै भने, 'हामीले त्यो विमानबाट भारतको कोलकाता, लखनउ र आवश्यक परे बंगलादेशको ढाकाबाट पनि हवाई इन्धन ल्याउने छौं ।' उक्त विमानले एउटा उडानमा कम्तीमा पनि १ लाख लिटर हवाई इन्धन ल्याउने छ । उसले आयल निगमलाई दिनमा तीन वटा उडान गर्ने इमेल लेखेको डिपो प्रमुख प्रदीप यादवले बताए । हाल नेपाल वायुसेवा निगम (नेवानि) को बोइङले प्रतिउडान २२ हजार लिटरका दरमा दुइटा उडान गरिरहेको छ । शुक्रबारदेखि काठमाडौं कोलकाता दैनिक उडान अनुमति मागेको उक्त विमानलाई उडान समय दिलाउन सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्टल कमिटीले बैठक गरेको थियो । बैठकमा सहभागी एक उच्च अधिकारीका अनुसार इथियोपियनलाई उडान अनुमति दिइएको छ । 'उडान अनुमति पाइसक्यो तर तीनवटा उडान कुन कुन समयमा मिलाउनेबारे मंगलबार अन्तिम निर्णय हुँदै छ,' उच्च स्रोतले भन्यो । १० बजेदेखि ४ बजेसम्म कतार, टर्किस, थाई लगायतका ठूला जहाज काठमाडौं आउने समय परेकाले त्यसबेला इथियोपियनलाई अनुमति दिन नसकिने स्रोतले भनेको छ । यसबाहेक उसलाई बिहान १२ बजेअघि र दिउँसो ४ बजेपछि राति साढे १२ बजेको समयमा उडान अनुमति दिइने तयारी भएको छ । 'हाम्रो विमानस्थलमा ३ सय जना यात्रु बोक्ने विमान राख्ने दुइटा मात्रै 'वे' छन् त्यसैले यो विमानलाई पार्किङ समस्याका कारण उडान तालिका मिलाउन गाह्रो परेको हो,' विमानस्थलका एकजना एयरट्राफिकले भने ।
यसैबीच पेट्रोलिम्याक्सले इथियोपियनबाहेक जोर्डन एयरलायन्सको विमानबाट पनि हवाई इन्धन ल्याउने तयारी गरिरहेको छ । उक्त विमानलाई पनि तयारी अवस्थामा राखिएको कम्पनीले भनेको छ । इथियोपियनको कार्गो विमान नभई यात्रु बोक्ने विमानले आफ्ना स्टोरेज ट्यांकीमा राखेर इन्धन ल्याउने छ । काठमाडौंमा ल्याइसकेपछि निगमका ट्यांकरले डिफ्युलिङ गरी डिपोका ट्यांकीमा राख्ने छ । इथियोपियनबाट ल्याइने इन्धन पेट्रोम्याक्सले प्रतिलिटर १ सय ८० रुपैयाँमा निगमलाई दिने सहमति भएको छ । निगमले भ्याट र भन्सारसहित ६४ रुपैयाँ जोडेर प्रतिलिटर २ सय ३३ रुपैयाँमा आन्तरिक र अन्तर्राष्ट्रिय विमानहरूलाई बेच्ने छ । 'पहिले जस्तो दुई खाले दर हुँदैन, आन्तरिक र बाहिरका विमानहरूलाई प्रतिलिटर २ सय ३३ मै बिक्री गर्ने छौं,' डिपो प्रमुखले शनिबारदेखि अन्तर्राष्ट्रिय विमानहरूले पनि इन्धन पाउने बताउँदै भने । अन्तर्राष्ट्रिय विमानहरूले असोज १२ गतेदेखि हवाई इन्धन काठमाडौंबाट खरिद गर्न पाएका छैनन् । निगमले हवाई इन्धन बिक्री नगरेका कारण बाहिरबाट आउने विमानहरू भारतमा टेक्निकल ल्यान्डिङ गरी इन्धन भर्दै आएका छन् । नागरिक उड्डयन प्राधिकरणले मंसिर २९ गतेसम्मका लागि इन्धन बिक्री रोकिएको नोटम जारी गरेको छ ।

0 comments:
Post a Comment