खड्का ‘संस्थागत कालोबजारी’मा

काठमाडौँ ८ मंसिर। नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको लिखित निर्देशनमा मंसिर ३ गते भलबारी डिपोबाट स्वयम्भूस्थित हामा पेट्रोल पम्पलाई दिन भन्दै ना४ ख ७१४५ नम्बरको ट्यांकरमा २० हजार लिटर डिजेल मगाइयो ।
– सरकारले निजी पेट्रोल पम्पलाई पेट्रोल नदिने घोषणा गरेको डेढ महिना बिते पनि खड्काले नयाँबसपार्कस्थित निजी पम्प पायोनियर फ्युललाई मिलेमतोमा १२ हजार लिटरका दरले उपलब्ध गराइरहेका छन् ।
– निगमको थानकोटस्थ्ति डिपोमा कार्यरत कर्मचारी होम बराललाई कालोबजारीको आरोपमा आइतबार पक्राउ गर्यो ।
मुलुकमा इन्धन कारोबार गर्ने एकमात्र सरकारी संस्था नेपाल आयल निगमले भारतका नाकाबन्दीपछि संस्थागत रुपमै कालोबजारी गरेका यी केही प्रमाण हुन् । यी प्रमाण व्यवस्थापिका संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिमा प्रस्तुत गरेका थिए ।
‘यी सबै प्रमाणले के देखाउँछ भने निगम आफैं संस्थागत कालोबजारीमा लागेको छ,’ लेखा समितिमा सोमबार बसेको बैठकमा लेखा समिति सदस्य रामहरि खतिवडाले भने, ‘यतिको प्रमाण दिँदा पनि सरकारले रोक्न नसक्नुको अर्थ यो चलखेलमा सरकारको मिलेमतो प्रस्ट हुन्छ ।’
निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको मिलेमतोबिना अन्य पदाधिकारी यस्तो काम गर्न नसक्ने भन्दै खतिवडाले भने,‘कालोबजारी गर्ने निगमकै कर्मचारीमाथि कारबाही गर्नुपर्यो ।’ आजको नागरिक दैनिकमा खबर छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment