पेट्रोलमा घोटाला गर्नेमाथि कार्बाही

काठमाडौ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अनियमित वितरण गर्ने माथि कार्बाही गरेको छ । 
 
नेपालगञ्ज डिपोका उपनिर्देशक श्रीचन्द्र श्रेष्ठ, भैरहवा डिपोका उपनिर्देशक दिनेशकुमार यादव र चारआली झापा डिपोका सहायक प्रवन्धक बासुदेव भण्डारीलाई केन्द्रीय कार्यालयमा तानिएको आयल निगमले जनाएको छ ।
 
निगमका अनुसार पेट्रोलियम पदार्थ वितरणमा अनियमितता गरेको र सन्तोषजनक कार्यसम्पादन नगरेको गुनासो आएपनि उनीहरुलाई केन्द्रीय कार्यालय तानिएको हो । 
 
बाणिज्य तथा आपुर्ति मन्त्री गणेमान पुनले पेट्रोलियम पदार्थ वितरणमा अनियमितता गर्ने माथि कार्वाही गर्न निर्देशन दिएपछि आयल निगमले उनीहरु माथि कार्वाही प्रक्रिया अगाडि बढाएको हो ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment