नेपालले सुरक्षा परिषद्मा अडान राखे भारतमाथि अन्तर्राष्ट्रिय नाकाबन्दी हुन सक्ने

काठमाडौँ १६ कार्तिक । राष्ट्र संघीय सुरक्षा परिषदको सोमबार संयुक्त राज्य अमेरिकामा बस्ने बैठकमा नेपालमाथि भारतले गरेको नाकाबन्दी तथा त्यसले पारेको प्रभावका बारेमा गम्भीर छलफल हुने भएको छ । सुरक्षा परिषदको बैठकमा भिटो प्राप्त देश चीन नेपालकै पक्षमा रहेकोले सोमबार(आज)को बैठकमा कुनै प्रकारको भिटोले भारतले नेपाली जनतामाथि गरेको मानवअधिकार हनन्को सम्बन्धमा छलफल हुनबाट रोकिने छैन ।
सुरक्षा परिषदको सोमबार अपराहन्ह ३ बजे बैठक बस्दैछ । सो बैठकमा नेपालसम्बन्धी विषयवस्तु नतोकिए पनि समग्र विषयमा वस्तुको रुपमा नेपालमा उत्पन्न समस्याको बारेमा छलफल हुने यसअघि नै सार्वजनिक भइसकेको छ ।
सुरक्षा परिषदको बैठकमा भारतले नेपाली जनतामाथि गरेको नाकाबन्दीको सम्बन्धमा चीन, रसिया, फ्रान्स लगायतका देशहरुले भारतलाई अप्ठ्ेरोमा पार्ने अनुमान गरिएको छ । भिटो अधिकार प्राप्त देशको रुपमा रहेको बेलायतले समेत भारतीय सरकारमाथि दबाब सिर्जना गर्ने विश्वास गरिएको छ । आजको जनसवाल दैनिकमा खबर छ ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment