आन्दोलनरत मधेशी मोर्चाले गर्‍यो यस्तो निर्णय

नकपुर, १५ कात्तिक । संघीय सीमांकन प्रति असन्तुष्टि जनाउँदै आन्दोलन जारी राखेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अब राजमार्ग केन्द्रीत आन्दोलन गर्ने निर्णय गरेको छ ।
आइतबार सरकारसँग गरिने वार्ता निर्णायक हुने बताएको मोर्चाको बैठकले मधेश र मधेशीको मागप्रति सरकार गम्भीर नभएको भन्दै आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको हो ।
आइतबारै सरकारसँग वार्ता गर्नु अघि जनकपुरमा सम्पन्न मोर्चाको बैठकले सत्तारुढ दलहरु तथा सरकारका तर्फबाट ठोष प्रस्ताव आउन नसकेको पनि निष्कर्ष निकालेको छ । आइतबार हुने वार्ता निष्कर्षमा नपुगे थप वार्ता गर्नुको औचित्य नहुने बुझाइरहेको मोर्चा र सरकारबीच अहिले केहीबेरपछि वार्ता हुने तयारी भइरहेको छ ।
यसअघि आइतबार बिहान बसेको सत्तारुढ दलहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मोर्चाको माग बारे लचिलो हुने निर्णय गरेको थियो । यद्यपी संघीय सीमांकनका बारेमा कुनै निर्णय नगर्दा मोर्चासँगको वार्ता विना निष्कर्ष टुंगिने सम्भावना प्रवल छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment