चीनसंग ५२ लाख लिटर डिजेल, पेट्रोल र ५ हजार टन ग्यास अनुदानको रुपमा उपलब्ध गराउन आग्रह

काठमाडौँ ८ मंसिर । नेपालले चीनसँग थप इन्धन अनुदानका रुपमा उपलब्ध गराउने आग्रह गरेको छ । भारतको नाकाबन्दी अझै केही समय लम्बिने देखिएपछि नेपाल सरकारले चीनसँग थप इन्धन अनुदानका रुपमा अनुदानको रुपमा उपलब्ध गराउन आग्रह गरेको हो ।
भारतीय नाकाबन्दीले इन्धन आपूर्ति असहज भएपछि आपत्कालीन रुपमा सहयोगका लागि भन्दै चीनले हजार मेट्रिक टन अर्थात १३ लाख लिटर पेट्रोल नेपाललाई दिइसकेको छ । यसैगरी नेपालले चीनसँग ग्यास ल्याउन बुलेट पनि अनुदानमा उपलब्ध गराइदिन आग्रह गरेको छ ।
नेपालसँग ग्यास ढुवानीका लागि एउटा पनि बुलेट नभएकोले आनुदानका रुपमा बुलेट उपलब्ध गराई दिन आग्रह गरेको हो ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment