![]() |
विज्ञप्ति निकालेर फोरमका अध्यक्ष उपेन्द्र यादवले एम्बुलेन्स, रेडक्रस, विदेशी कूटनीतिज्ञ, प्रेस, दमकल, शव बाहन, औषधि र मानवअधिकारका गाडी निर्वाध रुपमा चल्न दिन र आवश्यक परेको खण्डमा सहयोग समेत गर्न आग्रह गरेका छन्।
आन्दोलनका क्रममा एम्बुलेन्समाथि आक्रमण र औषधि बोकेका गाडीमा आगजनी हुन थालेपछि चर्को आलोचना भइरहेका बेला अध्यक्ष यादवले विज्ञप्ति निकालेर अत्यावश्यक सेवाका गाडीलाई नरोक्न आग्रह गरेका हुन्। विज्ञप्तिमा सरकारले मधेसी र पहाडी समुदायकाबिचमा साम्प्रदायिक दङ्गा फैलाउने काम गरिरहेको पनि विज्ञप्तिमा आरोप लगाइएको छ।
![]() |
0 comments:
Post a Comment