आइजिपीको पत्रपछि हंगामा

काठमाडौँ ८ मंसिर । नेपाल प्रहरी हेडक्वार्टर नक्सालमा निलो नम्बरप्लेटका गाडीको भिड बढ्न थालेपछि केही दिनअघि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले त्यसबारे चासो लिए । बुझ्दा विदेशी दूतावासका कर्मचारीहरु नियमित रुपमा एआईजी तथा डिआईजीहरु भेट्न आएको कुरा खुल्यो ।
सुरक्षा संगठनका व्यक्तिहरुलाई गृह मन्त्रालय तथा संगठन प्रमुखलाई जानकारी नै नदिई विदेशीहरुलाई त्यसरी भेट्न गरेको खुलेपछि उनले एउटा परिपत्र बनाउन लगाए – विदेशीहरुसँग भेट्दा तथा विदेशी संस्थाहरुसँग मिलेर काम गर्दा पहिला आइजिपीको अनुमति लिनू । ८जना एआइजी तथा ५ जना क्षेत्रीय प्रहरी प्रमुखलाई उनले उक्त परिपत्र पठाए ।
गृह मन्त्रालयले तीन वर्षअघि नै प्रहरी अधिकारीले मन्त्रालय तथा माथिल्ला अधिकारीको स्वीकृति लिएर मात्र विदेशी भेट्नुपर्ने आचारसंहिता नै बनाएको छ । त्यसैको आधारमा आइजिपी अर्यालले परिपत्र गरेका थिए । उनको परिपत्रपछि अहिले हंगामा भएको छ। आजको दृष्टि साप्ताहिकले खबर छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment