पाकिस्तानको घोषणा, साफमा भाग लिन्न

काठमाडौं, ६ मंसिर । पाकिस्तानले आउँदो महिना हुने साफमा भाग लिने बताएको छ । भारतमा आउँदो पुषमा हुने साफ च्याम्पियनसिपमा पाकिस्तानले भाग नलिने जानकारी गराएको साफका महासचिव अनवरुल हक हेलालले बताएका छन् ।
उक्त च्याम्पियनसिपमा भाग नलिने भन्दै पाकिस्तान फुटबल फेडेरेशनले (पिएफएफ) ले इमेल मार्फत साफ महासचिव हेलाललाई जानकारी गराएका बताइएको छ । यद्यपी च्याम्पियनसिपमा भाग नलिनुको कारण भने पिएफएफले स्पष्ट नपारेको हेलालको भनाइ छ ।
पाकिस्तानले गएको केही समयदेखि एएफसी र साफका कुनै पनि प्रतियोगिता भाग नलिरहेका बेला पिएफएफले शनिबार इमेल गरेर आउँदो पुस ८ देखि १९ गतेसम्म भारतको केरलामा हुने उक्त च्याम्पियनसिपमा सहभागिता नजनाउने जानकारी गराएको हेलालले बताए ।
पाकिस्तानले नाम फिर्ता लिएपछि सात देशका टिममात्र सहभागी हुनेछन् । पाकिस्तान बाहिरिएपछि अब समुह ए मा नेपालसहित आयोजक भारत र श्रीलंका छन् । समुह बी मा अफगानिस्तान, माल्दिभ्स, बंगलादेश र भुटान छन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment