प्रर्दशनकारीले कर्फ्यू तोड्न खोज्दा सप्तरी तनावग्रस्त

सप्तरी, ६ मंसिर । प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएपछि भड्केको स्थितिलाई नियन्त्रणमा लिन जारी गरिएको कर्फ्यू प्रदर्शनकारीले तोड्न खोजेपछि सप्तरी तनावग्रस्त बनेको छ ।
स्थानीय प्रशासनले सप्तरीका भारदह, रुपनी र राजविराज बजार क्षेत्रमा बिहान ६ बजेबाट लागु हुने गरि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएपनि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले राजमार्ग समेत अवरोध गर्ने गरी प्रदर्शन जारी राखेका छन् ।
शनिबार प्रहरीको गोली लागि भारदह र रुपनीमा एक एक जनाको मृत्यु भएको थियो । सो घटनाको विरोधमा मोर्चा कार्यकर्ता झनै आक्रोशित हुँदै प्रहरी माथि आक्रमणमा त्रेका छन् । उनीहरुले ठाउँ–ठाउँमा आगजनी र ढुङ्गामुढा गर्दै विरोधमा उत्रेका छन् ।
शनिबार राति भएको झडपमा प्रहरीको गोली लागेर भारदहमा डाढा–१ का २० वर्षका विरेन्द्र राम र रुपनीमा जमुनी मधेपुरा–९ का २२ वर्षका नागेश्वर यादवको ज्यान गएको हो । प्रहरीसँगको झडपमा ३६ जना प्रदर्शनकारी घाइते भएका छन् ।
घाइते मध्ये १० जनाको विपि कोईराला प्रतिष्ठान धरान र २६ जनाको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । झडपको क्रममा १५ जना प्रहरी पनि घाइते भएका छन् ।
सो घटना पछि भड्केको स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू जारी गरेपनि ग्रामीण बजार तोपा, हनुमाननगर, पातो, बोदेबसाइन, बिष्णपुर, छिन्नमस्ता, कोइलाडी, कञ्चनरुप नगरपालीका, शम्भुनाथ नगरपालिका लगायतका स्थानमा पनि प्रदर्शन भइरहेको छ ।
राजमार्गमा तनाव भएपछि प्रहरीको सुरक्षामा चल्ने धेरै गाडी चल्न नसक्दा हजारौं यात्रु अलपत्र परेका छन् । मोर्चाको आह्वानमा झण्डै तीन महिनादेखि दिउँसो बन्द हुँदा पूर्वमा चल्ने गाडी प्रहरीले राति स्कर्टिङ गरेर पार गराउने गरेको थियो ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment