पेरिस आक्रमणपछि तीन सय नियन्त्रणमा

फ्रान्स: पेरिसमा नोभेम्बर १३ मा भएको आतङ्ककारी आक्रमणपछि यहाँको सुरक्षाकर्मीले करिब ३०० शङ्कास्पद व्यक्तिलाई सुरक्षा नियन्त्रणमा लिई उनीहरुमाथि छानबिन बढाएको यहाँका प्रहरी प्रमुख मिसेल क्याडेटले सोमबार बताए । 
 
क्याडेटले सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा पेरिस आक्रमणमा सहभागी भएको आशङ्कामा २९८ मानिसलाई प्रशासनिक नियन्त्रणमा लिई छानबिन अगाडि बढाइएको बताए । 
 
यस्तै विभिन्न ७१ जनालाई उनीहरुकै निवासमा नजरबन्दमा राखिएको प्रहरीको दाबी छ । पेरिसमा यहाँको इतिहासमै सबैभन्दा ठूलो मानिएको आतङ्ककारी आक्रमणपछि फ्रान्सले १० हजार २०० प्रहरी र छ हजार ४०० सेनालाई फ्रान्सका विभिन्न सहरसहित पेरिसमा परिचालन गरेको छ । 
 
सुरक्षाकर्मीले थप आक्रमण हुनसक्ने सम्भावनालाई ध्यान राख्दै रेल तथा बस स्टेसन, विमानस्थल, ठूला सार्वजनिक स्थल, सरकारी भवन, ऐतिहासिक र सांस्कृतिक महत्वका स्थान, सञ्चार माध्यम तथा अस्पतालमा आफ्नो उपस्थितिलाई बाक्लो पारेको हो । 
 
पेरिस तथा फ्रान्सका सार्वजनिक स्थानमा आतङ्कवादी हमलाको खतराको सम्भावना बढेसँगै सुरक्षाकर्मीलाई उच्च सतर्कताको अवस्थामा तैनाथ गरिँदै आएको छ, प्रहरी प्रमुख क्याडेटले भने । 
 
हामीले फ्रान्सलाई स्पष्ट निशाना बनाई आक्रमण गर्ने धम्कीसहितका सन्देशहरु डायस, इस्लामिक स्टेट समूहकोे सहयोगी मोचार्, ले विभिन्न इन्टरनेट तथा अनलाइन माध्यमबाट प्रचार गरेपछि सुरक्षा स्थितिलाई थप मजबुत पारिएको उनले जनाए । 
 
सुरक्षा स्थितिलाई सशक्त पारिए पनि स्कुले केटाकेटी ९विद्यार्थी० लाई संयुक्त राष्ट्रसङ्घ जलवायु सम्मेलनका कुनै पनि कार्यक्रममा सहभागि नगराइने, उनले बताए । 
 
सम्मेलन पेरिस नजिकैको कुनै सुरक्षित स्थानमा अर्को साता सुरु हुने कार्यक्रम छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment