|
काठमाडौं, ७ मंसिर । नयाँ संविधान र संघीय सीमांकन प्रति असन्तुष्ट भई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तराई मधेशमा आन्दोलन जारी राखेको सोमबार एक सय दिन पुगेको छ । यसबीचमा मोर्चाले राजमार्ग र भारतीय सीमा नाका समेत अबरुद्ध पार्दै आन्दोलन जारी राखे । जसले गर्दा मुलुकभर इन्धन, औषधि लगायत अत्याबश्यकीय बस्तुको अभाव हुँदा मानवीय संकट देखा पर्न थालेको छ भने मोर्चा कार्यकर्ताले एम्बुलेन्समा समेत आगजनी र तोडफोड गर्न थालेका छन् ।
मधेश समस्या समाधान गर्न भन्दै सरकार र मोचाबीच पटक पटक वार्ता पनि भयो । मधेश आन्दोलनलाई कारण देखाउँदै भारतले नेपालमा पठाउने इन्धन लगायतका बस्तु रोकेको छ । जसलाई नेपालले भारतीय नाकाबन्दी भनेको छ ।
यसैक्रममा सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकार र मोर्चालाई जिम्मेवार बन्न दबाब दिएका छन् । मधेश आन्दोलनको एक सय पुगेको दिन सोमबार हात हातमा प्लेकार्ड बोकेर र्यालीमा निक्लिएका काठमाडौंमा रहेका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सरकार र मोर्चालाई सार्थक वार्ता गरी जनजीवन सामान्य बनाउन आग्रह गरेका छन् ।
‘दुर्दशाका सय दिन’ नाम दिइएको सो र्यालीमा ‘देश जलाएर खरानी घस्छौ, घर जलाएर कहाँ बस्छौ, प्रदेश चाहिएको हो–परदेश चाहिएको होइन, तिमी वार्ता गर साथ हामी दिन्छौं, सरकार र दल सुते हामी जागौं जस्ता उल्लेख गरिएको प्लेकार्ड युवाहरुले बोकेका थिए ।
|
0 comments:
Post a Comment