मैलिएको नेपाली सिनेमाको फोहर बागमतीले पखाल्छ : नायिका अधिकारी

काठमाडौं, ७ मंसिर । दक्षिण भारतीय टिमले नेपालमा आएर चलचित्र चलचित्र ‘बागमती’ निर्माण गर्यो । नेपाली सिनेमाका हकमा प्राय कुनैपनि निर्माता निर्देशक अथवा कलाकारले चलचित्र हलमा लाग्नु अघिनै चलचित्रले बोकेको कथाबस्तु तथा चलचित्रमा आफ्नो भुमिकाका बारेमा बताउँने गर्छन । तर, पुस २४ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको यो चलचित्रको कथाबस्तुका बारेमा चलचित्र निर्माण युनिट होस् वा चलचित्रका कलाकार कसैले पनि मुख खोलेका छैनन् । आइतबार राजधानीमा बागमती प्रचार प्रसारका लागि गरिएको पत्रकार सम्मेलनमा पनि चलचित्रका कथाबस्तुका बारेमा केहि खुलाईएन । चलचित्र निर्माण युनिटले के कथा बोकेको होला बागमतीले भन्ने कौतुहलता दर्शकमा जन्माएको छ ।
शनिबारको पत्रकार सम्मेलनमा बागमतीकी नायिका केकी अधिकारीले नेपाली सिनेमा क्षेत्रमा देखिएको मैलो बागमतीले पखाल्लने बताइन । तर, नायिका अधिकारीले आफूले चलचित्रमा निर्वाह गरेको भुमिकाका बारेमा केहि बोलीनन् । उनले ‘बागमती’ चलचित्रसँग जोडिन पाउँनु आफ्नो अभिनय यात्राको सबैभन्दा ठूलो उपलब्धि रहेको समेत बताउँन भ्याएकी छन् । साउथ ईण्डियन प्रविधीमा साउथकै निर्देशकले बनाएको यो चलचित्रले नेपाल र भारतबीचको चिसिंदो सम्बन्धलाई सुमधुर बनाउँन भूमिका खेल्ने आशा पत्रकारका सामु केकीले व्यक्त गरिन ।
चलचित्र बागमतीमा नायक राजेश हमाल, शिव श्रेष्ठ, मुकुन्द श्रेष्ठ, धु्रव कोइराला, कञ्चन ठकुरीलगायतका कलाकारको अभिनय छ । चलचित्रबाट रविकार घिमिरे र श्रेया कार्कीलाई नवप्रतिभाको रुपमा भित्राइएको छ । चलचित्रको छायांकनका लागि प्रयोग भएका सम्पूर्ण प्राविधिक र प्रविधीहरु दक्षिण भारतबाट नै ल्याइएको हो । ट्री इन्टरटेन्मेन्टको ब्यारनमा तयार भएको सिनेमामा कथा तथा निर्देशन सन्नी (केरला)को छ । चलचित्रका निर्माता दिनेश दर्शनधारी हुन् । चलचित्रमा दक्षिण भारतका धेरै प्राविधिकहरुले काम गरेका छन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment