उपचारका लागि अमेरिका गएका अद्भुत बालक आदित्य नेपाल फर्किए, नाकाबन्दीबारे लेखेः खोई सहमतिको वातावरण ? :: Read More News >>

काठमाडौं, ५ मंसिर– अद्भूत क्षमताका बालक आदित्य दाहाल स्वदेश फर्केका छन् । शारीरिक अशक्तताको उपचारका लागि साढे तीन महिनाअघि दाहाल अमेरिका गएका थिए । 

अनेकौं परिक्षण र लामो अनुसन्धानका बाबजुद अमेरिकी डाक्टरहरुले उनको रोग पहिचान गर्न सकेनन् । यद्यपी स्वास्थयमा सामान्य सुधार आएको छ ।

क्यालिफोर्नियास्थित स्टानफोर्ड अस्पतालमा आदित्यको स्वास्थ्य अनुसन्धान भएको थियो । एमआरआई गर्दा मस्तिष्कमा आइरन जम्मा भएको देखिएपछि उनलाई न्यूरोलोजिकल डिजेनेरेसन विथ ब्रेन आइरन एकुमुलेसन डिसअर्डर (एनबिआइए) भएको चिकित्सकहरुले आशंका गरे ।

तर, एनबिआइएका १३ वटा प्रकारमा आदित्यका लक्षणहरु मेल नखाएपछि उनीहरुले एनबिआइए भएको ठहर गर्न सकेनन् । न्यूरो
सर्जन किथ भान हारेनको टोलीले थप अनुसन्धान गर्नका लागि उनको रगत तथा जीनको नमुना लिएको छ ।

उक्त परिक्षणको रिपोर्ट आउन अझै केहि महिना लाग्ने भएपछि आदित्यले स्वदेश फर्किने इच्छा व्यक्त गरेका थिए । डाक्टरहरुले अन्तिम रिपोर्ट आएपछि फेरि अस्पताल ल्याउन सुझाव दिएको आदित्य संरक्षण प्रतिष्ठानले जनाएको छ । -
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment