भारतलाई चेतावनी , मधेसमा चुरेभावर पनि छ

काठमाडौँ ५ मंसिर । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले आफ्नो जन्मस्थल सर्लाही जिल्लाको हरिबनमा आज शक्ति प्रर्दशन गरेको छ । सम्पूर्ण चुरे क्षेत्रलाई समेटेर चुरे भावर प्रदेश निर्माण,नाकाबन्दी तत्काल फिर्ता गरिनुपर्ने, राष्ट्रिय अखण्डता कायम राख्नु पर्ने ,जातीय सद्भाव कायम राख्नु पर्ने लगाएतका माग राख्दै शक्ति प्रर्दशन गरेको छ ।
शक्ति प्रर्दशन सभालाई संबोधन गर्दै चुरे भावर राष्ट्रिय एकता पार्टीका राष्ट्रिय अध्यक्ष बद्री प्रसाद न्यौपानेले भारतले आफ्नो स्वार्थ पुरा गर्न मधेसवादी दलहरु प्रयोग गरी जनतालाई नाकाबन्दी लगाएर अभावमा पिलस्याउने काम गरिरहेको भन्दै भारतलाई होसियार हुन चेतावनी दिएका छन्
न्यौपानेले आफ्नो स्वार्थ पुरा गर्न मधेसबादी दलको बुइ चढेर भारतले नेपाली जनतालाई दुख दिने काम गरेको भन्दै यस्तो कार्य तत्काल रोक्न र तराईमा मधेसवादी दलहरुमात्रै नभई चुरेभावर राष्ट्रिय एकता पार्टी समेत छ भन्ने हेक्का राख्न चेतावनी दिए ।
उनले भने भारतीय राजदुत रञ्जित रेले सुन्नुपर्छ,तराइमा धेसीहरुमात्रै छैनन । तराइ मधेसको आधा भूभागमा पहाडी पनि बस्द छन्, होस गरे हुन्छ ।
मधेसबादी दलको बुइ चढेर भारतले आफ्नो स्वार्थ पुरा गर्न नाकाबन्दी गर्नु अत्यन्त निन्दनिय छ ।
शक्ति प्रर्दशन सभालाई संबोधन गर्दै पार्टीका प्रवक्ता केपी निरौलाले राजमार्गदेखि दक्षिण मधेस प्रदेश दिने प्रचण्डको प्रस्तावको विरोध गर्दै यसरी भाग लगाउने प्रचण्ड को हो भनि प्रश्न गरे । अब भारतले लगाएको नाकाबन्दी तत्काल हटाउन चुरेभावरले आफ्नै शान्ति सेना परिचालन गर्ने बताएका छन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment