नवभारत टाइम्सले भन्यो, भारतका एकै जिल्लामा २० हजारसँग नेपाली नागरिकता छ:: Read more news >>>

लखनउ, १ मंसिर - भारतीय समाचारपत्र नवभारत टाइम्सले भारतको उत्तर प्रदेश राज्यको महाराजगञ्ज जिल्लामा २० हजार जनासँग भारतीय र नेपाली नागरिकता रहेको दाबी गरेको छ। 

सो पत्रिकामा मंगलबार प्रकाशित समाचार अनुसार महाराजगञ्ज जिल्लाका ४० गाउँका करिब २० हजार मानिससँग दुबै देशको नागरिकता छ। सो जिल्लाको ८० किलोमिटर सीमा नेपालसँग जोडिन्छ।  पत्रिकाले दुवै देशको नागरिकता लिनेहरुको कारणले गर्दा आगामी डिसेम्बरमा हुने स्थानीय चुनावमा खतरा हुने पनि उल्लेख गरेको छ।

समाचारमा भैरहवासँग सीमा जोडिएको सुनौलीमा मात्र एक हजार जनासँग दुई देशको नागरिकता रहेको बताइएको छ। उनीहरु प्राय नेपालको भैरहवा र बेहलियामा बस्ने गर्दछन्। त्यस्तै सिद्धार्थनगर, बलरामपुर, बहराइच, गोण्डा लगायत ठाउँका मानिसले पनि दुई देशको नागरिकता लिएको समाचारमा उल्लेख गरिएको छ।

दोहोरो नागरिकताधारीले विधानसभा र लोक सभा चुनावमा पनि मतदान गर्ने उल्लेख गर्दै पत्रिकाले  चुनावका बेला दोहोरो नागरिकताको मुद्धा उठेपनि अघिपछि त्यो मुद्धा सेलाउने गरेको पनि जनाएको छ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment