नेपाल विद्युत् प्राधिकरणले मुलुकमा जारी ऊर्जा सङ्कटलाई कम गर्ने उद्देश्यले भारतसँग थप ९० मेगावाट विद्युत् आयात गर्ने तयारी गर्दै

नेपाल विद्युत् प्राधिकरणले मुलुकमा जारी ऊर्जा सङ्कटलाई कम गर्ने उद्देश्यले भारतसँग थप ९० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको छ ।

‘पावर ट्रान्समिशन कम्पनी नेपाल’ले निर्माण गरिरहेको अन्तरदेशिय प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको र बढीमा डेढ महिना भित्रमा सम्पन्न हुने भएकाले प्राधिकरणले विद्युत् आयातको तयारी गरेको हो ।

नेपाल र भारतले संयूक्त रुपमा निर्माण गरिरहेको ढल्केबर मुजफ्फरपुर प्रसारण लाइनको काम तराई मधेसको आन्दोलनको कारण केही समय अवरुद्ध भएपनि पछिल्लो दिनमा काम सुरु भएको छ ।

प्रसारण लाइन निर्माणमा कुनै समस्या नआएको खण्डमा आगामी पुस १५ सम्ममा सम्पूर्ण काम पूरा हुने छ । पावर ट्रान्समिशन कम्पनीका प्रमुख अशोककुमार पण्डितकाअनुसार प्राधिकरणका उच्च अधिकारी र भारतीय पक्षसँग केही दिन पहिले भएको द्विपक्षीय वार्ताको क्रममा तत्काल नेपाललाई ९० मेगावाट विद्युत् उपलब्ध गराउने सहमति भएको थियो ।

हाल उक्त प्रसारण लाइनको पाँच वटा टावरको ‘फाउण्डेशन’ राख्न बाँकी रहेको छ । यस्तै ९.५ किलोमिटर प्रसारण लाइन जोड्न र केही स्थानमा प्रसारण लाइन मिलाउन बाँकी रहेको छ । भारततर्फ पनि एकाध टावर मात्रै मिलाउन बाँकी रहेको छ ।

आयोजना प्रमुख पण्डितले आन्दोलनले प्रभाव नपारेको खण्डमा अबको डेढ महिना भित्र भारतबाट ९० मेगावाट विद्युत् आयात गर्न सकिने बताउनुभयो । हाल भारतबाट २०० मेगावाट विद्युत् आयात भईरहेको छ । यस्तै महेन्द्रनगरबाट थप ३० मेगावाट विद्युत् आयात गर्ने तयारी भईरहेको उहाँको भनाइ छ । नेपाल र भारतबीच भएको द्विपक्षीय सहमतिअनुसार सन् २०१५ को डिसेम्बर २० सम्ममा सो प्रसारण लाइनको काम पूरा हुनुपर्नेछ ।

‘‘सवारी साधन सहज रुपमा चलाउन सकियो र सिमेन्ट, गिट्टी, बालुवा ल्याउन सकियो भने तोकिएको समयमा काम सम्पन्न गर्न समस्या पर्नेछैन’’ पण्डितले भन्नुभयो । प्राधिकरणले गरेको आग्रह बमोजिम नै भारतीय पक्षले नेपाललाई तत्काल ९० मेगावाट विद्युत् उपलब्ध गराउने वचन दिएको हो ।

सोही सहमतिअनुसार नै ढल्केबरमा १०० एमभिए क्षमताको ट्रान्सफर्मर जडान कार्य समेत सुरु भएको छ । उक्त क्षमताको ट्रान्सफर्मरबाट ९० मेगावाट आयात गर्न सकिन्छ । भारतीय पक्षले अर्को ट्रान्सफर्मर व्यवस्था गरेर थप ९० मेगावाट विद्युत् दिने विश्वास समेत दिलाएको उहाँको भनाइ छ ।

प्रसारण लाइन सम्पन्न भएपछि तत्काल १३२ केभीमा विद्युत् प्रवाह गराएर प्रसारण लाइनको क्षमता परिक्षण गरिनेछ । सो प्रसारण लाइनको क्षमता भने ४०० केभीको रहेको छ । तराई मधेसमा आन्दोलनरत दल र अन्य राजनीतिक दल, नागरिक समाजले समेत छिटो भन्दा छिटो प्रसारण लाइन सम्पन्न गर्न आयोजनासँग आग्रह गरेको छ । नेपाल र भारतबीच २०६४ सालमा भएको सम्झौताअनुसार आफ्नो तर्फको प्रसारण लाइन निर्माणका लागि पावर ट्रान्समिशन कम्पनी स्थापना गरेको थियो ।

कुल १२९ दशमलव ५ किलोमिटर लामो प्रसारण लाइन निर्माण करिब १५ महीनाभित्र पूरा गर्ने लक्ष्य राखिएको थियो । नेपालतर्पm रु एक अर्ब ५० करोड लागतमा ४१ दशमलव ५ किलोमिटर लामो प्रसारण लाइन निर्माण सम्पन्न हुने लक्ष्य राखिएको भएपनि आन्दोलनका कारण केही लागत बढ्न सक्ने देखिएको छ । नेपालतर्पm ११५ वटा टावर निर्माण अन्तिम चरणमा छ ।

प्रसारण लाइन निर्माणको काम भारतको टाटा इन्जिनियरिङले गरिरहेको छ । नेपाली भूभागमा पर्ने प्रसारण लाइन निर्माणका लागि स्थापना भएको पीटीसीएन कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ६४ प्रतिशत, पावर ग्रीड भारतको २६ प्रतिशत तथा आईएल एण्ड एफएस इनर्जी सर्भिसेजको १० प्रतिशत सेयर छ ।

यसैगरी भारतीय भूमिमा पर्ने ८८ किलोमिटर प्रसारण लाइनको निर्माण क्रश बोर्डर पावर ट्रान्समिशन कम्पनी (सीपीटीसी) ले गरिरहेको छ । भारततर्पm कुल २३९ टावर निर्माण भइरहेको छ । सीपीटीसीमा पावर ग्रीड भारत र सतलज जलविद्युत् निगमको २६÷२६ प्रतिशत, आईएल एण्ड एफएस इनर्जी सर्भिसेजको ३८ प्रतिशत तथा नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत सेयर छ ।

नेपाल भारतबीच विद्युत् व्यापार गर्ने उद्देश्यले प्रसारण लाइन निर्माण गर्न लागिएको हो । प्रसारण लाइन निर्माणपछि नेपालबाट भारतमा र भारतबाट नेपालमा सहज विद्युत् आयात निर्यात हुने छ । रमेश लम्साल
/रासस
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment