|
काटमाठौं, ७ मंसिर । नयाँ संविधान प्रति असहमति जनाउँदै भारतले नेपालमा नाकाबन्दी कायम राखेका बेला नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले सभामुख ओनसरी घर्तीसँग भेटवार्ता गरेका छन् ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा अहिले भइरहेको भेटवार्तामा राजदूत चुन्ताईले हाल तराई मधेशमा देखा परेको समस्या समाधानको विषयमा भइरहेको पहलका विषयमा जिज्ञासा राखेका छन् । जवाफमा सभामुख घर्तीले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन गर्ने तयारी भइरहेको जानकारी गराइन् ।
|
0 comments:
Post a Comment