|
काठमाडौँ ५ मंसिर । सुनसरीको दुहबीमा अक्सिजन लगाएको गम्भीर बिरामी बोकेको एम्बुलेन्समा मधेसी मोर्चाका कार्यकर्ताले आक्रमण गरेका छन् । मोर्चाका कार्यकर्ताको आक्रमणमा परी एम्बुलेन्स चालक आनन्द बिकको टाउको फुटेको र उनको अवस्था चिन्ताजनक रहेको छ ।
विराटनगरबाट गम्भीर बिरामीलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजानेक्रममा को १ च ४६१५ नम्बरको एम्बुलेन्समा मोर्चाका कार्यकर्ताले ढुंगामुडा प्रहार गरेका थिए । आक्रमणमा संलग्नको खोजी भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।
-
|
0 comments:
Post a Comment