|
सुनसरी ५ मंसिर । सुनसरीमा संयुक्त मधेसी मोर्चाका कार्यकर्ता तथा स्थानियबीच दोहोरो झडप भएको छ । सुनसरीको दुहबी बजारमा नागरिक समाजले निकालेको सद्भाव र्यालीको कोणसभामा मार्चाले आक्रमण गरेपछि झडप भएको हो । झडप नियन्त्रणका लागि प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको छ । प्रहरीको बल बल प्रयोग पछि सो क्षेत्र छाडेर आन्दोलनकारी भागेका छन् ।
मार्चाको आक्रमणबाट महिला प्रहरी दुर्गा श्रेष्ठ घाइते भएकी छन् । उनलाई बन्दकर्ताले हातपात समेत गरेको प्रहरीले जनाएको छ । मोर्चाका २ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । रञ्जित गोश्वामी र मुन्ना साहलाई प्रहरीले पक्राउ गरेको हो ।
|
0 comments:
Post a Comment