|
टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपाली टिमले पूरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २२४ रन बनाएपछि पीएनजीले सो लक्ष्य पाएको हो ।
नेपालका लागि कप्तान पारस खड्काले ८१ बलको सामना गर्दै सर्वाधिक ५८ रन बनाउन सफल भए ।
त्यसैगरी तेस्रो क्रमका ब्याट्सम्यान सागर पुनले ९२ बल खेल्दै ४७ रन जोडे । शरद भेसवाकरले ४२, ज्ञानेन्द्र मल्लले ३६ र नटआउट रहेका मेहबुब आलमले १५ रन जोड्न सफल भए ।
पीएनजीसँगको पहिलो खेलमा पराजित भएको नेपाल अहिलेसम्म अंकबिहीन अवस्थामा रहेको छ ।
पीएनजीका लागि नर्मन भानुआ र असद भलले समान ३/३ विकेट लिए । त्यसैगरी सेसे बाउले २ विकेट लिन सफल भए ।
यसअघि भएको खेलमा नेपाललार्इ पीएनजीले २ विकेटले पराजित गरेको थियो ।
|
0 comments:
Post a Comment