|
धादिङ, २ मंसिर । धादिङमा खाना पकाउन एलपी ग्याँसको कालोबजारी भइरहेको आशंका गरिएको छ । धादिङमा रहेका ग्याँस उद्योगहरुले भरिएका हजारौं सिलिन्डर ग्याँस लुकाइएको आशंका गरिएको छ ।
यद्यपी सञ्चारकर्मीहरुलाई उद्योग परिसरमा प्रवेशमा रोक लगाइएपछि उद्योगीहरुको कालोबजारी थप सशंकीत बनेको हो । सिद्धार्थ ग्याँस उद्योगले सञ्चारकर्मीलाई उद्योग परिसरमा प्रवेशमा रोक लगाएपनि जिल्लामा रहेका अन्य केही ग्याँस उद्योगीहरु ग्याँसको कालोबजारीमा रहेका हुन् ।
भारतीय नाकाबन्दीका कारण मुलुकभर ग्याँस सहित इन्धनको चरम अभाव भइरहेका बेला धादिङको धार्केमा तस्कर र प्रहरीबीच झडप भएको छ । राजधानी भित्र्याउन ल्याइएको ग्याँसका बुलेटहरुले धादिङका तस्कर र गुण्डाहरुले रोकेर ग्याँसको कालोबजारी गरेको बताइएको छ ।
|
0 comments:
Post a Comment