मिलेमतोमा जोडिएका खेलाडी अझै एकसाता हिरासतमा

काठमाडौं–अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरी राज्य विरुद्ध अपराध गरेको अभियोग खेपिरहेका पाँच राष्ट्रिय खेलाडीलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले विशेष अदालतबाट म्याद पाएको छ। - 

पहिलो पटक पाएको १७ दिने म्याद सकिएपछि प्रहरीले आइतबार अनुसन्धान नसकिएको भन्दै थप हिरासतमा राख्न अदालतसमक्ष म्याद मागेको थियो। प्रहरीको माग अनुसार विशेषले दोस्रो पटक एकसाताको म्याद दिएको हो।

राज्य विरुद्धको अपराध सम्बन्धी अभियोगमा अनुसन्धान हदम्याद २५ दिनको हुने भएकाले प्रहरीले आइतबार पाएको अनुसन्धानको म्याद अन्तिम हो। एकसातापछि जिल्ला न्यायाधीवक्ताको कार्यालयमार्फत विशेषमा अभियोग पत्र दर्ता गर्नुपर्ने छ। सन् २००८ देखि खेलिएका अन्तर्राष्ट्रिय म्याच बुकीसँग मिलेर मिलेमतो गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले राष्ट्रिय टोलीका कप्तान सागर थापासहित पाँचजनालाई असोज २७ गते पक्राउ गरेको थियो।
राज्य विरुद्धको अपराध सम्बन्धी ऐनमा टेक्दै प्रहरीले उनीहरुमाथि विदेशी मुलुकको संगठित समुहसँग मिलेर राष्ट्रको प्रतिष्ठामाथि खेलबाड गरेको अभियोगमा अनुसन्धान गरिरहेको छ। अनुसन्धानको क्रममा १३ वटा अन्तर्राष्ट्रिय म्याच मिलेमतो भएको प्रहरीको आशंका छ। सो अभियोग पुष्टि भए उनीलाई दश वर्षसम्म कैदसजाय हुनसक्छ।
https://fbcdn-sphotos-h-a.akamaihd.net/hphotos-ak-xap1/v/t1.0-9/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment