|
काठमाडौँ ६ कार्तिक । एमाओवादी अध्यक्ष प्रचण्डले कालोबजारी र अनियमितता नियन्त्रण गर्न नसक्ने मन्त्रीलाई फिर्ता बोलाइने बताएका छन् ।‘भ्रष्टाचार र कालोबजारी हाम्रा लागि सह्य छैन,’ नेपाल संवतको अवसरमा एमाओवादी किर्तिपुर नगर समितिले आयोजना गरेको शुभकामना कार्यक्रममा अध्यक्ष प्रचण्डले भने,‘कालोबजारी र अनियमितता नियन्त्रण गर्न नसके तुरुन्तै मन्त्री फिर्ता बोलाउँछु ।’
भारतले गरेको नाकाबन्दीको मौका छोपेर कालोबजारी मौलाइरहेको तर सरकार कालोबजारी नियन्त्रण गर्न प्रभावहीन भएको गुनासो जनस्तरबाट आइरहेका बेला प्रचण्डले काम गर्न नसक्ने मन्त्री फिर्ता बोलाइने बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
|
0 comments:
Post a Comment