मोर्चाले नै मोरङ र सुनसरी टुक्र्याउन नदिने

काठमाडौँ ६ मंसिर । आन्दोलनरत मधेसी मोर्चाका स्थानीय नेता–कार्यकर्ता मोरङ र सुनसरीलाई टुक्र्याएर अर्को प्रदेशमा गाभ्ने योजनाको विपक्षमा उभिएका छन् ।आजको कान्तिपुर दैनिकमा खबर छ । उनीहरूले आन्दोलनको ‘बटमलाइन’ मोरङ र सुनसरीलाई टुक्र्याएर अर्को प्रदेशमा मिलाउने नभएको उल्लेख गर्दै त्यसो गरिए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
‘आन्दोलनलाई निस्तेज पार्न सरकारमा सहभागी केही राजनीतिक दलका नेताहरूले मोरङ र सुनसरीलाई टुक्र्याएर २ नम्बर प्रदेशमा गाभ्ने ललीपप देखाउँदै छन्,’ संघीय समाजवादी फोरम नेपाल मोरङ अध्यक्ष राजकुमार यादवले भने, ‘आन्दोलनको बटमलाइन यो होइन ।’
झापादेखि कञ्चनपुरसम्म तराईका २२ जिल्लालाई समग्र मधेस एक वा दुई प्रदेश बनाइनुपर्ने उनले बताए । उनले सुनसरी र मोरङलाई टुक्र्याएर अरू प्रदेशमा गाभिए मोर्चालाई मान्य नहुने बताए ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment