|
काठमाडौँ ५ मंसिर । सरकारले चीनबाट अनुदानमा पाएको पेट्रोलको मूल्य एक लिटरको एक सय ३० रुपैयाँ परेको छ । यो पनि केरुङसम्मको मूल्य हो । यो मूल्य नेपाल आयल निगमले हाल भारतीय आयल कर्पोरेसन (आइओसी)सँग खरिद गरिरहेको मूल्यभन्दा निकै बढी हो ।
निगमले आइओसीसँग पेट्रोल लिटरके ४४ रुपैयाँ ९४ पैसामा खरिद गरिरहेको छ । भारतबाट खरिद गर्ने गरिएको युरो ३ मापदण्डको तुलनामा चीनबाट ल्याइएको युरो ४ मापदण्डको पेट्रोल गुणस्तरीय भने छ । चीन सरकारले पेट्रो चाइनामार्फत १३ लाख ५० हजार लिटर पेट्रोल अनुदानस्वरुप दिएको थियो ।
उक्त पेट्रोलबापत ११ मिलियन आरएमबी (करिब १८ करोड रुपैयाँ ) नेपालका लागि घोषित अनुदानबाट कट्टा गरिएको सूचना चिनियाँ दूतावासले सरकारलाई दिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
|
0 comments:
Post a Comment