नाकाबन्दी बारे भारतसंग युरोपेली देशको स्पष्टीकरण

काठमाडौँ ५ मंसिर । नाकाबन्दीका कारण नेपालमा उत्पन्न मानवीय संकट र अभावबारे काठमाडौंस्थित प्रमुख आवासीय कूटनीतिज्ञहरूले भारतसँग स्पष्टीकरण मागेका छन्।आजको अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।
भारतीय राजदूत निवासमा शुक्रबार आयोजित एक कार्यक्रममा खासगरी जापान, जर्मनी, अन्य युरोपेली र अमेरिकी राजदूतले आपूर्ति व्यवधानपछि नेपालमा पुनर्निर्माण तथा मानवीय मिसनमा समेत अवरोध उत्पन्न भएको भन्दै त्यसको निकासबारे भारतको धारणा जान्न खोजेका थिए।
प्राप्त जानकारीअनुसार एक युरोपेली राजदूतले नेपालका नागरिक समाज, सञ्चार र महत्वपूर्ण राजनीतिक व्यक्तित्वहरूले नाकाबन्दी भारतीय कार्य भएको भन्दै त्यसबारे भारतको धारणा पनि जान्न खोजेका थिए।
स्रोतका अनुसार युरोपेली संघमा आबद्ध देशका राजदूतले नेपालका मिडिया, प्रमुख राजनीतिक दलका नेता र बुद्धिजीवी ‘नेपालमा राष्ट्रिय संकट उत्पन्न हुनुका पछाडि भारत नै जिम्मेवार छ भन्छन् नि’ भनेर भारतीय राजदूत रन्जित रेलाई सोधेका थिए।
रेले रक्सौलबाहेक अरू नाकाबाट आपूर्ति भइरहेको र सात सय ट्रक नेपाल भित्रिरहेको जानकारी दिँदै मुख्य नाका रक्सौल नाकामा मधेसी मोर्चाले आन्दोलन गरेकाले त्यहाँबाट आपूर्ति हुन नसकेको स्पष्टीकरण दिएका थिए।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment