|
काठमाडौं, ७ मंसिर । विदेश पलायन हुने नेपालीहरु विदेशीने क्रम दिनानुदिन बढ्दो छ । अझ निम्मवर्ग तथा मध्यमवर्गका नेपालीहरुको खाडी मुलुकमा बाक्लो उपस्थिती छ । राजगारीको सिलसिलामा दुबई पुग्ने नेपालीको संख्या पनि बढ्दो छ । आफ्नो देशमा जीवन धान्न नसकेर दुबई पुगेका नेपालीहरु त्यहाँ विभिन्न व्यवसाय सञ्चालनमा आवद्ध हुन थालेका छन् ।
दुबईमा नेपालीहरुका विभिन्न व्यवसाय फस्टाउँदै गएका छन् । गत नोमेम्बर २० मा युएईमा एकै पटक ३ व्यवसायको उद्घाटन गरीएको छ । दुबईको वरदुबईबाट सञ्चालन हुँदै आएको ‘नमस्ते ट्राभल’को शाखा युएईको अबुधावीबाट बिस्तार गरिएको छ । सोही स्थानमा फुजेरामा नेपाली महिलाहरुको लगानिमा ‘नासिर ब्युट्टी सैलुन’को उद्घाटन गरिएको छ ।
युएईमा व्यापार व्यावसाय सँगसँगै नेपाली कला र संस्कृतिको संरक्षणको त्यहाँ रहेका नेपालीहरुले विभिन्न कार्यक्रमको आयोजना समेत गर्ने गरेका छन् । पछिल्लो समय नेपाली कला र संस्कृतीको सन्देश बोकेर नायक भुवन केसी र उनका छोरा नायक अनमोल केसी युएईमा तिनै उद्यमी नेपालीहरुका विचमा पुगेका छन् । युएईका नेपाली बिच नायक भुवन केसीले नेपालका नेताहरुले धेरै बोल्न जानेका, तर काम गर्न निक्कै कमजोर रहेका बताएका छन् ।
|
0 comments:
Post a Comment