![]() |
काठमाडौं, १० मंसिर । सामुदायिक रेडियो परासीमा बुधबार राती अज्ञात समुहले बम प्रहार गरेको छ । राती १० बजे अज्ञात समुहको एक टोलीले रेडियोको स्टेशनमा गरेको पेट्रोल बम प्रहारपछि रेडियो परिसरमा रहेको लु १८ प ४००१ नम्बरको मोटरसाईकलमा आगजनी समेत गरिएको छ । बम प्रहार गर्नुअघि ९८५७०४५८९४ नम्बर मार्फत रेडियोमा धम्की पनि आएको थियो । आगलागीबाट मोटरसाईकल पूर्ण रुपमा जलेर नष्ट भएको छ । रेडियो परिसरमा दुईवटा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ ।
बम प्रहार गर्नु केहिदिन अघिसम्म मधेसी आफ्ना समाचार प्रसारण नगरेको भन्दै पटक पटक धम्की दिएकाले मार्चाका कायृकर्ताले बम प्रहार गरेको हुन सम्ने एफएम सञ्चालकले जनाएका छन् । बम प्रहारपछि स्टेशनको सुरक्षा नभएको भन्दै उक्त रेडियो बिहीबारबाट अनिश्चितकालका लागि प्रसारण बन्द गरिएको छ ।
![]() |
0 comments:
Post a Comment